मेलम्चीमा अपांगता भएकाहरुका लागि कपाल कटाइ तालिम

मेलम्चीमा अपांगता भएकाहरुका लागि कपाल कटाइ तालिम

फरक पत्रिका

शनिबार, जेष्ठ १२ २०८१

मेलम्चीमा अपांगता भएकाहरुका लागि कपाल कटाइ तालिम

मेलम्ची । मेलम्चीमा अपांगता भएकाहरुका लागि कपाल कटाइ तालिम सुरू गरिएको  छ ।अपांगता भएकाहरुलाई सीप दिलाई व्यवसायिक बनाउन तालिम दिइएको हो  ।

अपांगता अधिकार मञ्च मेलम्चीको आयोजना र मेलम्ची नगरपालिकाको सहयोगमा आयोजना गरिएको १० दिने कपाल कटाइ तालिमको शनिबार बाहुनेपाटिमा उद्घाटन गरिएको छ । मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान , मेलम्ची -१२ का अध्यक्ष गणेश तामाङ लगायतले उक्त तालिमको उद्घाटन गरे ।

कार्यक्रमको उद्घाटन गर्दै प्रधानले सरकारले गरेको लगानी खेर जानु नहुनेमा जोड दिइन् ।उनले अहिले तालिम लिने र सदुपयोग नगर्ने गर्दा लगानी खेर जाने गरेको बताउदै तालिम लिए पछि यसलाइ आय अर्जन संग जोड्नु पर्नेमा जाेड दिईन् ।

त्यस्तै वडा अध्यक्ष गणेश तामाङले कार्यक्रम कार्यक्रममा मात्र सिमित नहोस भन्दै आय आर्जनलाई जोड्न सिकेको सीप सदुपयोग र काम निरन्तरता हुनु पर्नेमा जोड दिए ।
मेलम्चीका १३ वडाका ग र घ बर्गका २६ जना सहभागी रहेको महिला वालबालिका तथा समावेशीकरण शाखाका प्रमुख राजेन्द्र दुलालले जानकारी दिए।

कार्यक्रम आयोजक संस्थाका अध्यक्ष सोम दुलालले जुनसुकै पेशाको सम्मान गर्न आग्रह गरे ।सीप भएको मान्छेलाइ हेर्ने नजर फरक हुने दुलालले बताए ।
त्यस्तै आजै मेलम्ची -१२ का ७५ बर्ष माथी उमेरका ८४ एकल महिला लाई सम्मान समेत गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित