सगरमाथा आरोहण गर्न गएका केन्याका नागरिक मृत फेला, गाइड शेर्पा बेपत्ता

सगरमाथा आरोहण गर्न गएका केन्याका नागरिक मृत फेला, गाइड शेर्पा बेपत्ता

फरक पत्रिका

बिहिबार, जेष्ठ १० २०८१

सगरमाथा आरोहण गर्न गएका केन्याका नागरिक मृत फेला, गाइड शेर्पा बेपत्ता

काठमाडौँ । सगरमाथा आरोहणका लागि गएका केन्याका नागरिक मृत अवस्थामा भेटिएका छन् ।

पर्यटन विभागका अनुसार विहिबार तेस्रो शिविरबाट सगरमाथातर्फ लागेका केन्याका नागरिक जोशुआ चेरुइयोट किरुई सगरमाथाको चुचुरो नजिक मृत अवस्थामा भेटिएका छन् । साथै उनी सँगै गएका नेपाली शेर्पा डवाङ शेर्पा सम्पर्क विहिन बनेका छन् ।

उनीहरुले सगरमाथा आरोहण गरे नगरेको यकिन नभएको बिभागले जनाएको छ । विहिबार अपराहन्न २ बजेसम्म सम्पर्कमा नआएपछि चार अनुभवी माउन्टेन गाइडलाई परिचालन गरिएको र केन्याली नागरिक किरुई मृत भेटिएका थिए । साथै सम्पर्कमा नरहेका शेर्पाको अहिले पनि खोजीकार्य जारी रहेको बिभागले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित