सिन्धुपाल्चोक । नि:शुल्क स्वास्थ्य परीक्षण शिविर संचालन हुने भएको छ ।चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १२ वडा कार्यालयमा यस्तो शिविरको आयोजना गरिएको हो ।
काठमाडौं मोडेल हस्पिटल काठमाडौं र राधा गिरी पण्डित हरि पण्डितको आयोजनामा नम्बर १२ वडा कार्यालय,साँगाचोक आधारभूत स्वास्थ्य तथा प्रसुती केन्द्रसँगको समन्वय सहकार्यमा शिविर गरिँदै छ ।
काठमाडौं मोडेल हस्पिटलका अनुभवी डाक्टरहरुबाट महिलाहरूको पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धी परीक्षण गरिने भएको हो ।
२०८१ जेठ १२ गते शनिबार बिहान १० बजेदेखि दिउँसो ४ बजे सम्म शिविर सञ्चालन हुने जनाईएको छ । नाम दर्ता १२ बजे सम्म मात्र हुनेछ ।
३० वर्ष उमेरदेखि माथि उमेरका महिलाहरुले स्वास्थ्य परिक्षण गराउनु हुन र स्वास्थ्य शिविरबाट लाभ लिनुहुन अनुरोध गरिएको छ ।