जुगलले गर्याे नयाँ विद्यार्थीलाई सम्मानपूर्वक स्वागत

जुगलले गर्याे नयाँ विद्यार्थीलाई सम्मानपूर्वक स्वागत

फरक पत्रिका

आइतबार, जेष्ठ ६ २०८१

जुगलले गर्याे नयाँ विद्यार्थीलाई सम्मानपूर्वक स्वागत

चाैतारा । सिन्धुपाल्चोकको चाैतारास्थित जुगल बाेर्डिङ हाइस्कुलले चालू शैक्षिकसत्रमा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ। आइतबार एक कार्यक्रमको आयोजना गरि विद्यार्थीलाई स्वागत गरेको हो ।
विद्यालयले यो शैक्षिकसत्रमा भर्ना भएका ९९ विद्यार्थीलाई स्वागत गर्याे । विद्यालयले अभिभावकलाई समेत सम्मान गरेको हो ।
विद्यालयमा आयोजित स्वागत कार्यक्रममा चाैतारा साँगाचाेकगढी नपा -५ का सदस्य रामबहादुर घलेले विद्यार्थीलाई स्टेशनरी प्रदान गरेर र नेपाल प्रेस युनियनका अध्यक्ष किशोर बुढाथोकीले टीका लगाएर स्वागत गरे । त्यस्तै नेपाल पत्रकार महासंघका सदस्य दिपक खत्रीले विद्यार्थीका अभिभावकलाई खादाबाट सम्मान गरेका हुन् ।

जुगल सिन्धुपाल्चोकको पुरानो र ठूलाे निजी विद्यालय हो ।आवाशीयको समेत व्यवस्था भएको यहाँ यो वर्षबाट विद्यार्थीलाई पिउनका लागि मिनरल वाटरको पनि व्यवस्था गरिएको छ ।
यो वर्ष विभिन्न कक्षामा गरि हालसम्म ९९ विद्यार्थीले नयाँ भर्ना गरेको र उनीहरूलाई विद्यालय प्रवेशका लागि स्वागत गरिएको प्रिन्सिपल ओम प्रकाश उप्रेतिले जानकारी दिए । नयाँ विद्यार्थीलाई विभिन्न साँस्कृतिक कार्यक्रमसमेत गरि स्वागत गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित