क्यानले विश्वकप खेल्न सन्दीपलाई पठाउने

क्यानले विश्वकप खेल्न सन्दीपलाई पठाउने

फरक पत्रिका

बुधबार, जेष्ठ २ २०८१

क्यानले विश्वकप खेल्न सन्दीपलाई पठाउने

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई क्यानले टि२० विश्वकप खेलाउन पठाउने भएको छ । बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर लामिछानेलाई टी–२० विश्वकप खेल्न अमेरिका पठाउने विषयमा नेपाल क्रिकेट संघ (क्यान) मा सहमति भएको हो ।

क्यानका पदाधिकारीबीच लामिछानेलाई निलम्बन फुकुवा गरी राष्ट्रिय क्रिकेट टोलीमा समावेश गर्ने विषयमा सहमति जुटेको हो ।
क्यानले गरेको निलम्बन आजै फुकुवा गर्ने क्यान स्राेतले जनाएको छ  ।

आईसीसी टी–२० विश्वकप आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । विश्वकपमा २० टोलीले सहभागिता जनाउँदै छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित