काठमाडौँ । सन्दीप लामिछाने निर्दाेष ठहरिएका छन् । उनीविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइपछि भएको फैसलामा उनी निर्दाेष सावित भएका हुन्। उच्च अदालत पाटनले उनको पक्षमा फैसला गरेको हो ।
यो सँगै क्यानले निलम्बन तत्काल फसकुवा गरि टि२० विश्वकप खेलाउने बाटो खुलेको छ ।
न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले सन्दीपलाई निर्दाठहर गरेको हो । मंगलबार बहस नसकिएपछि मुद्दा अन्तिम समयमा ‘हेर्दाहेर्दै ’राखिएको थियो । मंगलबार बाँकी रहेको बहस बुधबार निरन्तर भएको थियो ।
सरकारी पक्षले लामिछाने र पीडित गौशाला २६ बसेको भनिएको होटलको सीसीटीभी फुटेज पनि पेस गरेको थियो ।