खुल्ला रक्तदान सम्पन्न, बोहराले गरे १९ औं पटक

खुल्ला रक्तदान सम्पन्न, बोहराले गरे १९ औं पटक

फरक पत्रिका

सोमबार, बैशाख ३१ २०८१

खुल्ला रक्तदान सम्पन्न, बोहराले गरे १९ औं पटक

सिन्धुपाल्चोक । रक्तदान जीवनदान, सुनकोशी–इन्द्रावती समाजको अभियान नाराका साथ आज सम्पन्न खुल्ला रक्तदानमा २९ जनाले रक्तदान गरेका छन् ।
उक्त रक्तदानमा १७ औं पटक ब्लड डोनेशन गरेका त्रिपुरासुन्दरी गाउँपालिका–६ टेकानपुरका सन्तोष बोहराले आफूले प्रदान गरेको रगतले कसैको ज्यान बच्ने भएपछि आगामी दिनमा पनि रक्तदान गर्ने बताए । त्यस्तै १९ पटक रक्तदान गर्नु भएका बलेफी गाउँपालिका–७ का अमृत अधिकारीले रगत अभावमा कुनै बिरामी मृत्युको मुखमा पुग्न नपुगोस् भनेर रक्तदान गर्दै आएका छन् ।
सुनकोशी–इन्द्रावती समाज, डि. एस. टे«डिङ(डि एक्स एन) सूर्यबिनायक र साथी फाउण्डेशन नेपाल सिन्धुपाल्चोकद्धारा संयुक्त रुपमा रक्तदान कार्यक्रम भएको साथी फाउण्डेशनका अध्यक्ष बलदेव तिमल्सिनाले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको प्राबिधिक सहयोग, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोक सहयोगमा रक्तदान सम्पन्न भएको हो । नेपाली काँगे्रसका नेता भूपेन्द्रबहादुर थापाले यो संगै पाँच दर्जन भन्दा बढी रक्तदान कार्यक्रम र बिभिन्न निशुल्क स्वास्थ्य शिविर राख्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित