झुण्‍डिएको अवस्थामा भेटिए एसएसपी यादव

झुण्‍डिएको अवस्थामा भेटिए एसएसपी यादव

फरक पत्रिका

शुक्रबार, पौस ९ २०७८

झुण्‍डिएको अवस्थामा भेटिए एसएसपी यादव

काठमाडौँ – शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा मृत भेटिएका संघीय प्रहरी इकाइ कार्यालय रुपन्देहीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवको शव उनकी श्रीमती आएपछि निकालिने प्रहरीले जनाएको छ । यादवको श्रीमती काठमाडौंबाट दिउँसो ३ बजे भैरहवा पुग्ने बताइएको छ । यादवका बुवा-आमा घटनास्थल पुगिसकेका छन् ।

अन्य प्रहरी कर्मचारीहरु खाजा खान गएको बेला यादव आफ्नै कार्यालयको क्वार्टरमा झुण्डिएको अवस्थामा फेला परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । यादव नवलपरासी रामग्राम नगरपालिका २ निवासी हुन् । घटनाको विस्तृत अनुसन्धान भैरहेको प्रजिअ रिजालले बताए । उनको मृत्युको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित