पछिल्लो २४ घण्टामा २९० जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा २९० जना कोरोना संक्रमित थपिए

फरक पत्रिका

मंगलबार, पौस ६ २०७८

पछिल्लो २४ घण्टामा २९० जना कोरोना संक्रमित थपिए

काठमाडौं – पछिल्लो २४ घण्टामा २९० जना कोरोना संक्रमित थपिएका छन्।
देशभरका विभिन्न प्रयोगशालामा १७ हजार ८९ जनाको पीसीआर परीक्षण गर्दा २५२ र चार हजार ६१६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या आठ लाख २६ हजार २०६ पुगेको छ। कूल संक्रमितमध्ये पाँच हजार २४२ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २३२ जना संक्रमित निको भएका छन्। यससँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या आठ लाख नौ हजार ३८७ पुगेको छ।

उक्त अवधिमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७७ पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित