भोजपुर । भोजपुरमा बलेरोे दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ।
जिल्लाको आमचोक गाउँपालिका-८, दुम्मानाको पारकुवामा भएको दुर्घटनामा १४ घाइते छन् ।
सोमबार बालंखाबाट दुम्माना हुँदै मैयुटारतर्फ गइरहेको को १ ज २६१७ नम्बरको बोलेरो जीप दुधकोशी किनारमा दुर्घटना भएको हो । प्रहरीकाअनुसार आमचोक गाउँपालिका-१० पाङचाकी २७ वर्षीया रुना राईको घटनास्थलमै र जीपमा सवार ३३ वर्षीया शान्ति राईको उपचारका क्रममा मृत्यु भएको हो।
चालकसहित १४ जना सवार जीप दुर्घटनामा परि घाइतेहरूको तत्काल उद्धार गरि उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको छ ।
जीप अनियन्त्रित भई करिब २ सय मिटर तल खसेको होे ।