जुगल बोर्डिङमा अब विद्यार्थीका लागि शुद्ध ‘मिनिरल वाटर’को व्यवस्था

जुगल बोर्डिङमा अब विद्यार्थीका लागि शुद्ध ‘मिनिरल वाटर’को व्यवस्था

फरक पत्रिका

आइतबार, बैशाख १६ २०८१

जुगल बोर्डिङमा अब विद्यार्थीका लागि शुद्ध ‘मिनिरल वाटर’को व्यवस्था

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको  सदरमुकाम चौतारामा अवस्थित जुगल बोर्डिङ हाइस्कुलले विद्यार्थीका लागि शुद्ध जारको पानीको व्यवस्था गरेको छ । आईतबार बोर्डिङमा अक्वा जुगल चाैताराले उत्पादन गरेको जारको पानी ल्याईएसँगै अब विद्यार्थीले शुद्ध जारको पानी पिउन पाउने भएका हुन् ।
बोर्डिङका प्रधानाध्यापक ओमप्रकाश उप्रेतीसहितको टिमले अक्वा जुगल कम्पनीको उत्पादन क्षेत्रमै गई अवलोकन गरेको थियो । अवलाेकनपश्चात उचित ठानेर विद्यार्थीका लागि याे पानीकाे व्यबस्था गरिएकाे विद्यालयले जनाएको छ ।
बढ्दो वायु प्रदुषण र हावाहुरीको असरलाई मध्यनजर गरि विद्यालयमा जारको पानी व्यवस्था गरेको प्रधानाध्यापक ओमप्रकाश उप्रेतीले जानकारी दिए । विद्यार्थीकोे स्वास्थ्यमाथि ख्याल गर्दै यस्तो निर्णय लिई कार्यान्वयन गरिएको उनले बताए ।
अक्वा जुगलका सञ्चालक कुलबिर सिं खड्कासँग सुलभ मूल्यमा खानेपानी उपलब्ध गर्ने गराउने सहमतिसमेत भएको छ ।
बोर्डिङमा हाल ५ सय ५० भन्दा माथि विद्यार्थीहरु र ३ दर्जन शिक्षक शिक्षिकाहरु अध्ययन – अध्यापन गर्दै आइरहेका छन् । आईतबार नै विद्यार्थीहरु जारको पानी फिल्टर सहितको उपकरणमा बोटल थापेर पानी पिउन सुरु गरिसकेका छन् ।
विद्यालयमा शुद्ध पानी उपलब्ध भए पछि शिक्षक र विद्यार्थीहरुबाट खुसी थपिएको छ ।
अक्वा जुगलले चौतारा साँगाचोकगढी नगरपालिका ५ मा उत्पादन गरि चौतारा र आसपासका बजारहरुमा वितरण गर्दै आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित