अब चीन जान भिसाको पैसा तिर्नु नपर्ने

अब चीन जान भिसाको पैसा तिर्नु नपर्ने

फरक पत्रिका

आइतबार, बैशाख १६ २०८१

अब चीन जान भिसाको पैसा तिर्नु नपर्ने

काठमाडौं । चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने घोषणा गरेको छ ।  चीनले आगामी मे १ अर्थात वैशाख १९ देखि चीन जानको लागि आवेदन दिने नेपालीसँग भिसा शुल्क नलिने घोषणा गरेको हो ।

काठमाडौंस्थित चिनियाँ दूतावासले आइतबार सूचना प्रकाशति गर्दैभिसा शुल्क नलिने तर एक्सप्रेस फि र सर्भिस फि भने लिने जानकारी दिएको छ ।

दुताबासले भनेको छ- ‘नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई प्रवद्र्धन गर्न र  नेपाल र चीनबीच व्यक्तिगत आवतजावतलाई थप सहज बनाउन नेपालस्थित चिनियाँ दूतावासले मे १, २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क लिइने छैन (एक्सप्रेस शुल्क र सर्भिस फि लिइनेछ) ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित