वेस्ट इन्डिज ए विरुद्ध नेपाललाई तेस्रो सफलता

वेस्ट इन्डिज ए विरुद्ध नेपाललाई तेस्रो सफलता

फरक पत्रिका

शनिबार, बैशाख १५ २०८१

वेस्ट इन्डिज ए विरुद्ध नेपाललाई तेस्रो सफलता

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध तेस्रो सफलता हासिल गरेको छ ।

नेपालका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए का एलिक अथानाजलाई आउट गरेका हुन् । उनी २५ बलमा ४७ रन बनाएर आउट भएका छन् ।

यस अघि नेपालले रनआउटको रुपमा दोस्रो विकेट प्राप्त गरेको थियो भने कमल सिंह ऐरीले नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

वेस्ट इन्डिज ए का  जोन्सन चर्लेज शुन्यमा आउट भएका थिए भने आन्द्रे फ्लेचर १३ रन बनाएर आउट भएका छन् ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले ७ ओभरमा ३ विकेट गुमाएर ८७ रन बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित