काठमाडौं । वेष्ट इण्डिजविरुद्धको सिरिज अन्तर्गत पहिलाे खेलमा नेपालले फिल्डिङ राेजेकाे छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो।
पाँच खेलको टी२० सिरिज अन्तर्गत पाहुना टाेली वेष्ट इण्डिज ब्याटिङ गर्दैछ ।
सिरिजको पहिलो खेलमा जित निकाल्दै दुवै टोली सुखद सुरुवात गर्न चाहन्छन् ।
सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले प्रिमियर कप खेल्ने टोली बाहिर रहेका आकाश चन्द र आरिफ शेखलाई समेट्दै बिहिबार १६ सदस्यीय टोलीको घोषणा गरेको थियो । पछि चार सदस्य थपिएकाे थियाे ।
टोलीमा नेपाल ए टोलीका विनोद भण्डारी र सागर ढकालसँगै कमल सिंह ऐरि र लोकेश बम थपिएका छन् ।
सिरिजको दोस्रो खेल आइतबार र तेस्रो खेल बुधबार हुनेछ । चौथो खेल बिहीबार र अन्तिम खेल आगामी शनिबार हुनेछ ।