पत्रकारितामा स्नातकोत्तर गरेका सिन्धुपाल्चोकका १० पत्रकार सम्मनित

पत्रकारितामा स्नातकोत्तर गरेका सिन्धुपाल्चोकका १० पत्रकार सम्मनित

फरक पत्रिका

शुक्रबार, बैशाख १४ २०८१

पत्रकारितामा स्नातकोत्तर गरेका सिन्धुपाल्चोकका १० पत्रकार सम्मनित

सिन्धुपाल्चोक ।  नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकले पत्रकारितामा स्नातकोत्तर गर्ने आफ्ना शाखा सदस्यहरुलाई सम्मान गरेको छ । आज शाखाको २९ औं साधारणसभा एवम् १२ अधिवेशनको उद्घाटन कार्यक्रममा १० पत्रकारलाई सम्मान गरिएको हो ।
सम्मनित हुनेमा पूर्व अध्यक्ष ऋषिराम पौडेल, डम्बर रसिक भारती, ध्रुव दंगाल, दिनेश थापा, शर्मिला ठकुरी, कला अनुरागी, दुर्गा आचार्य, सिताराम कोइराला, उद्धव थापा, नेत्र तामाङ, रहेका छन् ।
उनीहरूलाई प्रतिनिधिसभा सदस्य माधव सापकोटाले सम्मान पत्र प्रदान गरे ।
पत्रकारितामा नै स्नातकोत्तर अध्ययन गर्दै गरेका सञ्चारकर्मीहरुका लागि छात्रवृत्ति उपलव्ध गराउँदै आएको महासंघले पत्रकारितामा स्नातकोत्तर गरिसकेकाहरुलाई भने गर्व स्वरुप सम्मान गरेको महासंघका अध्यक्ष जीवन श्रेष्ठले बताए ।

यो संगै महासंघको संस्थागत विकासका लागि टेवा पु¥याएका अन्य व्यक्ति व्यक्तित्व पनि सम्मानित भएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित