मुगु । चुलो चौकोमा सिमित हुने महिलाहरु पछिल्लो समय तरकारी नर्सरी खेतीमा आर्कषित भएका छन् । माैसमी तथा बेमौसमी समयमा उत्पादन हुने तरकारीहरु उत्पादन र नर्सरी गरेर कागती लगायत विभिन्न प्रकारका विरुवाहरु उत्पादन गरिरहेका छन् । यसले गर्दा उनीहरुको आर्य आर्जन र जिविकोपार्जनमा टेवा पुगेको स्थानीयले बताएका छन् ।
बिगतका दिनहरुमा तरकारी खेती के कसरी उत्पादन खेती गर्ने प्राविधिक ज्ञान केही नभएको र अहिले युएमएन र जिएसएस मुगुले विभिन्न प्रकारका सल्लाह सुझाव दिदै तरकारी ,नर्सरी खेती गरेको सोरु गाउँपालिका वडा नं ६ जिमाका स्थानीय डवल लावडले बताए ।
तरकारी खेती गरेर नागरिकले उपभोग मात्र गरेका छैनन , बजारीकरणमा सहजै पहुँच पुगी आम्दानी गरि घर खर्च पनि चलाई रहेका छन् । उनीहरुले आफ्नो बारीमा हरियो सागपात , काउली धनिया , प्याज , टमाटर लगायत तरकारी उत्पादन गरि मासिक रुपमा १० हजारसम्म आम्दाी गरिरहेको सोरु गाउँपालिका वडा नं ६ कि मायालक्ष्मी कामीले बताईन् ।
साथै यस संस्थाले जिविकोपार्जन मात्र नभई सहजै सडक बाटो लाई नजर दिएको छ । आवतजावतमा समस्या भएको सोरु गाउपालिका वडा नं ८ रुम गाउँ जाने गोरेटो बाटो निर्माण गरिदिए पछि पशुचौपाय नागरिक लाई हिडुलमा सहज भएको युएमएन मुगु कलष्टरका परियोजना अधिकृत निशा अधिकारीले बताईन् । उनका अनुसार मुगु विपद पुर्नलाभ सहयोग परियोजना अन्तर्गत यी कार्यक्रमहरु सञ्चालन भएको हो ।