चाैतारा । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा भएकाे जन्ती बस दुर्घटनामा ज्यान गुमाउने ३ जनामध्ये २ को सनाखत भएको छ।
मृत्यु हुनेमा दोलखा भीमेश्वरका मानबहादुर थामी र भीमेश्वर–१ का शिव श्रेष्ठ रहेका छन् । मृतक एक जनाकाे पहिचान खुल्न बाँकी छ ।
दोलखाको भीमेश्वर–१ सुस्पाबाट सिन्धुपाल्चोक त्रिपुरासुन्दरी–४ पिस्करमा दुलही लिन हिँडेको बा ४ ख ५६१६ नम्बरको बस सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी–५ स्थित तौथलीनजिकै शुक्रबार बिहान सात बजे दुर्घटना भएको थियो। ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुर्घटनामा दुलहासहित ३२ जना घाइते भएका छन् ।
बस सडकबाट करिब १५० मिटर तल खोचमा खसेको हाे । स्थानीयवासी र प्रहरीले घाइतेलाई उद्वार गरेर धुलिखेल अस्पताल र खाडीचौरको सदाबहार अस्पताल लैजाँदै गरिएको छ ।