चौतारा । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पिस्करकाे धारावतीमा जन्ती बोकेको बस दूर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
घटनामा अरु ५२ जना जन्ती घाइते भएका छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको वा ४ ख ५६१६ नम्वरको बस विहान ७ बजे दूर्घटनामा परेको हो ।
बस सडकबाट करिब १५० मिटर तल खोचमा खसेको हाे । स्थानीयवासी र प्रहरीले घाइतेलाई उद्वार गरेर धुलिखेल अस्पताल र खाडीचौरको सदाबहार अस्पताल लैजाँदै गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको डिएसपी निरञ्जन भट्राईले जानकारी दिए । उनका अनुसार बस ठूलो भिरबाट खसेको र भौगोलिक अवस्था कठिन भएकाले उद्धार कार्यमा समस्या परेको प्रहरीले जनाएको छ ।