काठमाडौं । ओमानमा जारी एसीसी प्रिमिअर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरबलाई ६ विकेटले हराएको छ ।
बुधवार दिउँसो नेपालले टस जितेर फील्डिङ रोजेपछि साउदी अरबले निर्धारित ८ ओभरमा ७ विकेटको क्षतिमा ७३ रन बनायो। नेपालले अन्तिम ओभरमा लक्ष्य भेट्टाएको हो ।
नेपालका लागि करण केसी र अविनाश बोहराले २-२ विकेट लिए भने ललित राजवंशी र प्रतीश जीसीले १-१।
वर्षाका कारण ढिला सुरु भएकाले खेललाई २० बाट ८ ओभरमा छोट्याइएकाे थियाे ।
नेपाल यसअघिका तीन खेलमा विजयी हुँदै समूह विजेता भएर सेमिफाइनलमा पुग्ने निश्चित भइसकेको छ।
नेपाल गत वर्ष काठमाण्डाैंमा भएको एसीसी प्रिमिअर कपको विजेतासमेत हो ।