काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य १६ सयले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार छापावाल सुन तोलाको एक लाख ३१ हजार ६०० मा कारोबार भइरहेको छ । तेजावी सुन तोलाको एक लाख ३० हजार ९५० मा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ३० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदी तोलामा १० रूपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार १ हजार ५३५ मा कारोबार भइरहेको छ । आइतबार एक हजार ५२५ मा कारोबार भएको थियो ।