सुरुङको मुखको तारमा अड्किएर भोटेकोशी हाइड्रोका अप्रेटरको पानीमा डुबेर मृत्यु

सुरुङको मुखको तारमा अड्किएर भोटेकोशी हाइड्रोका अप्रेटरको पानीमा डुबेर मृत्यु

फरक पत्रिका

बुधबार, मंसिर ३ २०८३

सुरुङको मुखको तारमा अड्किएर भोटेकोशी हाइड्रोका अप्रेटरको पानीमा डुबेर मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी २ मा रहेको भोटेकोशी हाइड्रोपावरका अप्रेटरको पानीमा डुबेर मृत्यु भएको छ । भोटेकोशी हाइड्रोपावर प्रा.लि.इलेक्ट्रोनिक (अप्रेटर) का रुपमा कार्यरत बाह्रविसे न.पा.७ जुरेका दिपक पराजुलीको मृत्यु भएको हो ।
उनी सोमबार साँझबाट हराइरहेका थिए । हाइड्रोका कर्मचारीले उनी हराएको प्रहरीलाई जानकारी गराएपछि उनको खोजी गरिएको थियो । राती १ बजे प्रहरी हाइड्रोमा पुगेपछि गरिएको खोजीपछि मंगलबार बिहान २ बजे उनको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
पराजुली हराएको खबरपछि अस्थायी प्रहरी पोष्ट १० किलोबाट प्रहरी सहायक निरीक्षक शंखर राईको कमाण्डमा प्रहरी खटिएको थियो । तीनजनाको प्रहरी टोलीले खोजी गर्दा हाइड्रोको टनेलमा पानी पठाउनका लागि बनाएको सुरुङको मुखको तारमा अड्की पानीमा डुबेको अवस्थामा मृत फेला पारेको प्रसनी राईले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित