दुई जलविद्युत्‌ले पाए भारतमा ‘रियल टाइम मार्केट’ बिक्री अनुमति

दुई जलविद्युत्‌ले पाए भारतमा ‘रियल टाइम मार्केट’ बिक्री अनुमति

हाम्रोपाटी

शनिबार, असोज १३ २०८०

दुई जलविद्युत्‌ले पाए भारतमा ‘रियल टाइम मार्केट’ बिक्री अनुमति

काठमाडौं – भारतले नेपालका थप दुई जलविद्युत् आयोजनालाई उसको वास्तविक समय बजार ९रियल टाइम मार्केट० मा विद्युत् निर्यात गर्न स्वीकृत गरेको छ ।
काबेली बी १ (२४.२५ मेगावाट) र तल्लो मोदी (१९.४ मेगावाट) गरी कुल ४३.६५ मेगावाटका आयोजनालाई भारतीय ऊर्जा विनिमय (इनर्जी एक्सचेञ्ज) मा आज स्वीकृत गरेको नेपाल विद्युत् प्राधिकरणको विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारीले जानकारी दिए ।

निर्देशक अधिकारीका अनुसार यी दुई आयोजनाबाट भारतीय ऊर्जा विनिमयमा निर्यात गर्न पाउने अवधि आजैबाट सकिंदै थियो । यी दुबै आयोजनाको नवीकरणका साथसाथै रियल टाइम मार्केटका लागि पनि अनुमति पाएको हो ।

गत दुई महिनाअघि (३१ जुलाई) मा भारतले आफ्नो विद्युत् व्यापार नीतिमा संशोधन गर्दै नेपाललाई पहिलोपटक रियल टाइम मार्केटमा निर्यात गर्न दिने व्यवस्था गरेको थियो । भारतलाई बिजुली बेच्न अनुमति पाएका कुल १४ आयोजनामध्ये १२ वटाले भारतको ऊर्जा विनिमयमा एक दिनअघि (डे अहेड) कबोल गर्नुपर्ने व्यवस्था थियो ।

भारतीय अधिकारीहरुले नेपाल विद्युत् प्राधिकरणलाई आज बिहानै उक्त सुखद समाचारबारे जानकारी दिएको अधिकारीले बताए । यसैगरी नवीकरण गर्नुपर्ने वा थप स्वीकृति दिने आयोजनाहरुले पनि अब क्रमशः रियल टाइम मार्केटमा प्रवेश पाउने निर्देशक अधिकारीको भनाइ थियो । ‘यसबाट दुई देशको विद्युत् व्यापारले नयाँ उचाइ लिएको छ,’ अधिकारीले शनिबार इकागजसँग भने, ‘आगामी दिनमा पनि क्रमशः भारतीय ऊर्जा बजारका नयाँ प्रडक्ट ९वस्तु० मा नेपालले प्रवेश पाउने देखिन्छ ।’

‘विद्युत् बजारमा भारतको लचिलो नीति स्वागतयोग्य छ,’ निर्देशक अधिकारीले भने, ‘आगामी दिनमा एक्सचेञ्ज बजारका अन्य थप उत्पादनहरुसमेत नेपाललाई उपलब्ध हुँदै जाने अपेक्षा गर्न सकिने वातावरण बनेको छ ।’

भारतले नेपाललाई कुल ६३२ मेगावाटको बिजुली निर्यात गर्न अनुमति दिएको छ । यसमध्ये ११० मेगावाटका द्विपक्षीय विद्युत् आदानप्रदान अन्तर्गत हरियाणामा प्रतियुनिट भारु ५.२५ मा निर्यात भइरहेको छ ।

कुल निर्यात अनुमति पाएकामध्ये ५२२ मेगावाटको बिजुली भारतीय ऊर्जा विनिमय र त्यसमा ४३.६५ मेगावाटले रियल टायम मार्केटमा अनुमति पाएको हो ।
नेपाल विद्युत् प्राधिकरणलाई डे अहेडभन्दा रियल टाइम मार्केटमा बिजुली बिक्री गर्न निकै सजिलो हुने अधिकारी बताउँछन् । नेपालको जलविद्युत् उत्पादनको परिमाण तलमाथि हुँदा त्यसलाई तत्काल सम्बोधन गर्न यस्तो बजार पहुँचले सजिलो तुल्याउँछ ।

आन्तरिक बजारमा खपत हुन नसकेको बिजुली एक घण्टाअघि नै निर्यातका लागि बजारमा राख्न सकिने र बजारले नै त्यसको भाउ तय गर्ने गर्छ ।

यो वषको वर्षायाम अर्थात् गत मेदेखि आजका दिनसम्म प्राधिकरणले भारतलाई ९५ करोड ७८ लाख ९० हजार युनिट बिजुली बेचेको छ । औसतमा प्रतियुनिट भारु ५।७७ ९९ रुपैयाँ २३ पैसा० मा बेचेको हो । यसबाट प्राधिकरणले ८ अर्ब ८२ करोड ९० लाख ९८ हजार रुपैयाँ आम्दानी गरेको छ । भारतीय ऊर्जा बजारमा उच्चतम दर प्रतियुनिट भारु १० ९१६ रुपैयाँ० सम्म प्राधिकरणले बेचेको थियो ।

यसैबीच भारत सरकारले हालै स्वीकृत गरेको नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्ने निर्णय कार्यान्वयन गर्न भारतीय ऊर्जा सचिव यसै महिना नेपाल आउने भएका छन् । नेपाल र भारतका ऊर्जा सचिवबीच १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद–बिक्रीसम्बन्धी द्विपक्षीय सम्झौता हुनेछ ।

गत चैतमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा उनका समकक्षी नरेन्द्र मोदीले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्ने घोषणा गरेका थिए । यो बिजुली भारत सरकार वा उसका निजी क्षेत्रका कम्पनीले निर्माण गर्ने मात्र नभएर नेपल विद्युत् प्राधिकरण र नेपालका निजी क्षेत्र उत्पादन गर्ने बिजुलीसमेत समावेश हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित