रसुवा बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ सम्पर्कविहीन

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ सम्पर्कविहीन

फरक पत्रिका

आइतबार, भाद्र १४ २०८३

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ सम्पर्कविहीन

काठमाडौं । बाढीमा परी मृत्यु हुनेको संख्या ७३४ पुगेको छ। राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार तिब्बत क्षेत्रबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा अहिलेसम्म ७३४ जनाको शव फेला परेको हो।

यो तथ्यांक आइतबार बिहान ९ बजेसम्मको हो।

प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, तनहुँमा ३६, चितवनमा २५९ जनाको शव भेटिएको हो। बाढीमा परी सम्पर्कविहीन भएकाहरूको संख्या २ हजार ४९८ पुगेको छ।

नेपाल प्रहरीका २७ जना, नेपाली सेनाका ४५ जना, सशस्त्र प्रहरी बलका १३ जना, भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालयका ४ जना सम्पर्कविहीन छ।

त्यस्तै रसुवाका ५६२ जना र नुवाकोटका ११५ जना सम्पर्कविहीन छन्।

विभिन्न जलविद्युत आयोजनाबाट ९३३ जना सम्पर्कविहीन छन्। मकवानपुरका ६५ जना, ५९८ जना विदेशी नागरिक, विदेशी पर्यटकसँगै घुम्न गएका १२७ जना नेपाली नागरिक र लाङटाङ राष्ट्रिय निकुञ्जबाट ३ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित