चोरीको अभियोगमा सिन्धुपाल्चोक जुगलका एकसहित दुई युवा पक्राउ

चोरीको अभियोगमा सिन्धुपाल्चोक जुगलका एकसहित दुई युवा पक्राउ

फरक पत्रिका

सोमबार, असार ८ २०८३

चोरीको अभियोगमा सिन्धुपाल्चोक जुगलका एकसहित दुई युवा पक्राउ

काठमाडौं  । चोरी तथा डाँका सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक जुगलका एकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ९ शिवनगर टोल बस्ने सर्लाही लालबन्दी नगरपालिका १७ घर भएका ३५ वर्षीय भुवन बहादुर साह शंकर र कागेश्वरी मनोहरा नगरपालिका ७ मुलपानी बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका २ घर भएका ३५ वर्षीय बिराज सुनार रहेका छन् ।

पोखरा महानगरपालिका १५ मेरिगोल्ड बस्ने मनिसा थापाको घरबाट गत २४ गते सुनका विभिन्न गरगहना र नगद चोरी भएको घटनाको अनुसन्धानको क्रममा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी उक्त कार्यमा संलग्न भुवनलाई प्रहरी प्रभाग काँडाघारी काठमाडौंको सहयोगमा पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा चोरी गरिएका सुनका गरगहना बिराजलाई बिक्री गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले उनलाई समेत पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगद ८१ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको छ ।

उनी उपर चोरी तथा डाँका सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ६ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित