५८०० रुपैयाँले बढेको सुनको भाउ तोलाको कति ?

५८०० रुपैयाँले बढेको सुनको भाउ तोलाको कति ?

फरक पत्रिका

बुधबार, बैशाख २३ २०८३

५८०० रुपैयाँले बढेको सुनको भाउ तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको भाउ बढेको छ।

सुनको भाउ आज बुधबार प्रतितोला पाँच हजार आठ सय रूपैयाँले बढेको हो। मंगलबार तोलामा तीन हजार आठ सय रूपैयाँ घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ।

मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ।

मंगलबार प्रतितोला चार हजार आठ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार ५५ रूपैयाँमा किनबेच भइरहेको छ।

 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ७५ रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ६ सय ५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित