खेल र पर्यटनलाई जोड्दै २५६० मिटर उचाईमा क्रिकेट मैदान बनाउँदै हेलम्बु

खेल र पर्यटनलाई जोड्दै २५६० मिटर उचाईमा क्रिकेट मैदान बनाउँदै हेलम्बु

फरक पत्रिका

शुक्रबार, बैशाख ११ २०८३

खेल र पर्यटनलाई जोड्दै २५६० मिटर उचाईमा क्रिकेट मैदान बनाउँदै हेलम्बु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुको २५ सय ६० मिटर उचाइमा क्रिकेट मैदान निर्माण गर्न थालिएको छ । हेलम्बु गाउँपालिकाले ‘हाइअल्टिच्युड’ मा सुविधासम्पन्न क्रिकेट मैदान निर्माणको थालनी गरेको हो ।
पर्यटकीय गाउँ सङ्घुर्मुमा मैदान सम्याउने काम भइरहेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । यो मैदान वडा नं. ६ मा पर्दछ । क्रिकेट स्टेडियम बनाउन उद्धेश्यका साथ पुरानो खेल मैदानलाई सम्याएर निर्माणको प्रारम्भिक चरण सुरु गरिएको उनले जानकारी दिए । यत्तिको उचाईमा कतै पनि क्रिकेट मैदान नभएको उनको दाबी छ ।
सुरुवाती चरणमा ३० लाख रुपैयाँ खर्चेर सुरु गरिएको मैदानमा प्रशिक्षणकोसमेत सुविधा हुने गरि बनाइन लागिएको हो । मैदानको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय अध्ययन परीक्षण गरेर छिट्टै निर्माण प्रक्रिया अघि बढाइनेछ । अहिले कति लागत लाग्छ भन्नेबारे पनि यकिन नभएको उनको भनाइ छ ।
डीपीआर तयार भएपछि दुई वर्षमा सक्ने लक्ष्यका साथ निर्माण थलिएको छ । अहिले यहाँ ढुंगा फुटाउने मैदान सम्याउने काम भइरहेको अध्यक्ष शेर्पाले बताए । उनकाअनुसार खेललाई पर्यटनसँग जोड्दै अगाडि बढ्ने योजना छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित