पानी परेपछि रोकियो नेपाल र युएईबीचको खेल

पानी परेपछि रोकियो नेपाल र युएईबीचको खेल

फरक पत्रिका

सोमबार, बैशाख ७ २०८३

पानी परेपछि रोकियो नेपाल र युएईबीचको खेल

काठमाडौं । वर्षाका कारण युनाइटेड अरब इमिरेट्स (यूएई) र नेपालबीचको टी–२० अन्तर्राष्ट्रिय शृखंलाको पहिलो खेल कारण रोकिएको छ। पहिलो इनिङ समाप्त हुनै लाग्दा वर्षा भएपछि खेल रोकिएको हो ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा नेपाल र यूएईबीच खेल भइरहेको छ । खेलमा नेपालले आठ विकेट गुमाएर १२२ रन जोडेको छ । क्रिजमा रहेका कप्तान दीपेन्द्र सिंह ऐरिले ३२ रन बनाउँदा सन्दीप लामिछाने दुई रनमा खेलिरहेका छन् ।
यो शृखंलाको पहिलो खेल हो । क्रिकेट विश्वकप लिग–२ को पूर्वसन्ध्यामा आयोजित यो शृखंलाको दोस्रो खेल भोलि त्रिवि क्रिकट रंगशालामै हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित