काठमाडौं । नेपालले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सोमबार र मंगलबार युएईविरूद्ध टी २० सिरिज खेल्दैछ। त्रिवि मैदानमा हुने सिरिजका दुवै खेल साँझ पाँच बजेपछि हुनेछ। नेपालले पहिलो पटक रातमा अन्तर्राष्ट्रिय खेल आयोजना गर्न लागेको हो।
त्यसपछि नेपालले लिग(२ अन्तर्गत दुई महिनामा दुई वटा सिरिज नेपालले आयोजना गर्दैछ। नेपाल, ओमान र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजसहित नेपाल, अमेरिका र स्कटल्यान्डबीच सिरिज हुन लागेको हो।