काठमाडौं । सार्वजनिक बसमा पकेटमारीको आरोपमा दुईजना पक्राउ परेका छन्। आइतबार बिहान करिब ६ बजे कोटेश्वरस्थित सार्वजनिक बसमा पकेटमारीको आरोपमा दुईजना पक्राउ परेका हुन् । प्रहरीकाअनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्चीका मानबहादुर तामाङ र लिसंखुपाखरका निमा लामालाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूले बसमा सवार निरोध पासवानको २० हजार चोरी गरेका थिए। चोरी गरेको रकमसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।