जब सिन्धुपाल्चोकका दुई युवासहितले नक्कली धनीपूर्जा बनाएर बेच्न खोजे

जब सिन्धुपाल्चोकका दुई युवासहितले नक्कली धनीपूर्जा बनाएर बेच्न खोजे

फरक पत्रिका

मंगलबार, फाल्गुन ५ २०८२

जब सिन्धुपाल्चोकका दुई युवासहितले नक्कली धनीपूर्जा बनाएर बेच्न खोजे

काठमाडौं । नक्कली धनीपूर्जा बनाएर जग्गा बेच्न लागेको अवस्थामा सिन्धुपाल्चोकका दुईसहित तीन युवा पक्राउ परेका छन् । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा रहेको २ रोपनी ६ आना जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोजेको आरोपमा तीन जना समातिएका हुन् ।

प्रहरीकाअनुसार पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भएका ५८ वर्षीय छिरिङ शेर्पा भनिने सुक्र बहादुर शेर्पा, सिन्धुपाल्चोककै जुगल गाउँपालिका–३ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ बस्ने ४८ वर्षीय फुरी शेर्पा भनिने दावा दोर्जे तामाङ र रामेछापको सुनापाती गाउँपालिका–२ घर भई कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने ५८ वर्षीय भुपाल सिं तामाङ छन् । सुक्रबहादुरलाई १५ माघमा, भुपाल र दावालाई २८ माघमा पक्राउ गरिएको हो । उनीहरूलाई प्रहरी वृत्त गौशालाले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । यो समूहले बेलायतमा बस्दै आएका ईश्वर आङ्बुहाङको नाममा रहेको पासिकोटको २ रोपनी ६ आना जग्गा नक्कली धनीपुर्जा बनाई बेच्न खोजेको पाइएको प्रह।ीले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित