जनकपुरधाम । जनकपुरमा रेल र कार आपसमा ठोक्किएका छन् । जनकपुरको थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किएका हुन् ।
बागमती प्रदेश ०१(२५ च १२९० नम्बरको कारसँग रेल ठोक्किएको प्रहरीले जनाएको छ।
रेल भांगहा तर्फबाट जनकपुरतर्फ जाँदै थियो । सोही क्रममा थापाचोकतिरबाट जानकी मन्दिरतर्फ जान लागेको कारले लिक क्रस गर्न खोजेपछि रेलसँग ठोक्किएको हो । क्षतिबारे विस्तृत विरवण आउन भने बाँकी छ ।