काठमाडौं। काठमाडौं महानगरपालिका–३२ नरेफाँटस्थित सडकखण्डबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोल १५० क्याप्सुलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक, जुगल गाउँपालिका–८ का २६ वर्षीय किरण शेर्पा र दोलखा, कालिन्चोक गाउँपालिका–८ का २९ वर्षीय सुशिल आचार्य र रहेका छन्।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको कोटेश्वरका ईन्चार्ज प्रहरी निरिक्षक यज्ञराज भट्टले जानकारी दिए।