नेपाल आइडलबाट चर्चामा रहेकी सिन्धुचेली गंगा सोनाम को हुन्, कसरी लागिन् संगीतमा ?

नेपाल आइडलबाट चर्चामा रहेकी सिन्धुचेली गंगा सोनाम को हुन्, कसरी लागिन् संगीतमा ?

फरक पत्रिका

बुधबार, जेष्ठ २२ २०८२

नेपाल आइडलबाट चर्चामा रहेकी सिन्धुचेली गंगा सोनाम को हुन्, कसरी लागिन् संगीतमा ?

सिन्धुपाल्चोक । नेपाल आइडल सिजन ६ चल्दै छ । स्टेजको गीत गाउनका लागि एक युवती आउँछिन् सामान्य कुर्ता सलवारको भेषमा ।
नेपाल आइडलकी निर्णायक इन्दिराले सोध्छिन् प्रतियोगीको नाम । जवाफ आउँछ– गंगा सोनाम

तुरुन्तै अर्का निर्णायक न्यूह् बज्राचार्यले भन्छन्–गंगा वाग्मतीबाट हो…
गंगाले न्यूह्को जिस्काइ बुझ्दििनन् सिधै भन्छिन्– हैन सिन्धुपाल्चोकबाट
बीचमा अर्का निर्णायक कालीपैसाद बास्कोटा बोल्छन्–गंगाले कस्तो गीत गाउँछ ?
गंगाले उत्तर नदिदै न्यूह् बोल्छन्–देउडा टाइपको गाउँछ हो ?
गंगाले सिधै हो भन्छिन् ।
कालीप्रसाद छक्क पर्छन् अनि भन्छन्– सिन्धुपाल्चोकमा कसरी देउडा ?
अलि अलि हाँसो छुट्छ । अनि न्यूह्ल भन्छन्–गाउँछ नि के भयो त ।
गंगा बीचमा बोल्छिन्– अब गीत हो…..(खित्का छाड्छिन्)
न्यूह् भन्छन्–संगीतको कुनै सिमाना हुँदैन नि
कालीप्रसाद– तपाईंले राम्रो गाउनुभयो भने देउडा गाउन सिन्धुपाल्चोक आउने… ल सुरु गरौं ।
गंगाले आफ्नो प्रस्तुति सुरु गर्छिन् देउडा गीत–
हिमालै हिउँपरी गयो…….

गंगाको प्रस्तुति जति लम्बिदै जान्छ निर्णायकहरु उत्ति नै खुशी हुन्छन् । गंगाकाृ प्रस्तुतिमा रमाउँदै निर्णायकहरु अनेक हाउभाउ पनि गर्छन् ।
यसको मानेमा गंगाले निर्णायकलाई चित्तबुझ्दो प्रस्तुति दिइन् । अनि अन्तिममा छनोट पनि भइन् ।
गंगाको प्रस्तुति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको निकै चर्चा बढेको छ । बोलीचालीको भाषामा उनी नेपाल आइडलबाट अहिले सञ्जालमा भाइरल भएकी छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको गीत, अनि स्वरको तारिफ गरिरहेका छन् ।
झनै सिन्धुपाल्चोक घर बताएपछि जिल्लावासीले उनका भिडियोहरु शेयर गरेर उनलाई हौसला प्रदान गरिरहेका छन् ।
तर, जिल्लावासी नै अझै अनिविज्ञ देखिएका छन् कि गंगा सिन्धुपाल्चोक कुन ठाउँकी हुन ? को हुन् ?

हामीले यसको बारे सामान्य खोजी गरेका छौं ।

बुबा ध्रुव र आमा सीता सोनामकी छोरी हुन् गंगा । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं. १० बडहरे पाटी गाउँकी बासिन्दा हुन् गंगा ।
उनी अहिले कक्षा १२ सकेर बसेकी छन् । गाउँमै रहेको चण्डेश्वरी माध्यमिक विद्यालयबाट उनले कक्षा १२ पास गरेकी हुन् । अहिले केही महिनादेखि काठमाडौं बसोबास गर्ने गरेको उनको परिवारले जनाएको छ ।

उसो त उनले कहिलेबाट गीत गाउन थालिन् भन्ने प्रश्न मनमा उब्जेला ।
सामान्यतयाः हरेक मान्छेले गीत गाउँछन् । मेलापात, घाँस दाउरादेखि रत्यौली, पानी पँधेरो, मेला, विद्यालयका कार्यक्रमहरुमा गीत पहिलो पै्राथमिकतामा पर्ने गरेकैले संगीत सबैलाई मन पर्ने गर्छ ।
तर गंगाको यत्रि मात्रै हैन नेपाल आइडलमा आउनुअघि नै आफ्नो अफिसियल गीत बजारमा आइसकेको पनि छ । उनको पहिलो गीत बेलबटम अहिले चर्चामा छ । गायक रामकुमार नेपाली, अमृत भारतीसँगै उनको स्वरमा रहेको गीत भारती पिक्चरले बजारमा ल्याएको छ । यो नै उनको रेकर्डिङ भएको पहिलो गीत रहेको उनका दाजु दिपेन्द्र सोनाम बताउँछन् ।
दिपेन्द्रकाअनुसार गंगाको सानैदेखि गीतसंगीतमा लगाव थियो । उनी सानैदेखि गीत गुन्गुनाउँथिन् ।
दिपेन्द्र आफैमा गायक तथा मोडल हुन् । उनले विभिन्न ख्यातीप्राप्त गायक तथा गायिकासँग पनि धेरै गीत गाइसकेका छन् । चण्डेश्वरी विद्यालयमा अध्ययन गर्दैगर्दा दाजुले गीत गाएको देखेर गंगा पनि त्यसतर्फ आकर्षित हुन्थिन् ।

अझै दाजु दिपेन्द्रले गीत गाउन थालेपछि त्यसैबाट प्रेरित भएर गंगा संगीतमा होमिएकी हुन् । दिपेन्द्र अनि गंगालाई विद्यालयमा पनि गीत गाउँदा साथीहरुबाट वाहीवाही आउथ्यो । हौसला बढ्थ्यो । त्यही हौसलाले अहिले यहाँसम्म गंगा आएकी हुन् । त्यो हौसला संगीतमा लाग्न उनलाई खुड्किलो बन्यो ।
दिपेन्द्रले गीत गाउन थालेको भने करिब आठ वर्ष भइसकेको छ । दाजुजस्तै बन्ने संकल्प गंगाले लिएपछि उनलाई दिपेन्द्रले साथ र सहयोग गरे ।
गंगाको स्वर पनि निकै मिठो रहेको र संगीतका तन, मनले लाग्छु भनेपछि आफू निकै खुशी भएको र बहिनीलाई सपोर्ट गरेको दिपेन्द्रले फरकपत्रिकालाई बताए ।

गंगाले आफूलाई संगीतमा समर्पित गर्नै भएपछि दिपेन्द्रले भेटाइदिए भर्सटायल सिंगर रामकुमार नेपाली । रामुकारले पनि गंगाालाई निकै सहयोग गरे । विभिन्न किसिमका गीतहरु गाउन सिकाए । दिपेन्द्र गंगाको पहिलो गुरु नै रामकुमार भएको दाबी गर्छन् । उनकाअनुसार अहिले गंगा यहाँ आइपुग्नु नै रामकुमार नेपालीलाई श्रेय जान्छ ।
सिन्धुपाल्चोक सामान्यतयाः केही आधुनिक, काठे लोकदोहोरी अनि बढी तामाङ सेलो सुन्ने गरिएको जिल्ला हो । नेपाल आइडलमा सिन्धुपाल्चोककी गंगाले सुदूपश्चिमेली देउडा गाउँछु भनेपछि निर्णायक कालीप्रसाद यत्तिकै अचम्भित भएका होइनन् । तर, गंगाले संगीतको सिमाना हुँदै भन्नेलाई चरितार्थ गरेर देखाइदिइन् पनि ।
अनि सिन्धुपाल्चोककी गंगाले नेपाल आइडलको स्टेजमा किन देउडा गीत गाइन् ?
यसको उत्तर एउटै छ । त्यो हो रामकुमार नेपाली ।

गंगाका दाजु दिपेन्द्रले फरकपत्रिकासँग कुरा गर्दै भने, ‘बहिनीको लगाव संगीतमा भएपछि मैले रामकुमार नेपालीसँग भेट गराएँ । उनी उहाँले गंगालाई आफूले सकेको तिखार्न लगाए संगीतमा । रामकुमार भर्सटायल सिंगर हुन् । त्यसैले जस्ता गीत पनि गाउन र सिकाउन सक्नुहुन्छ । गंगाले गाएको देउडा गीत रामकुमार नेपालीको दुःख हो, परिश्रम हो । त्यसैले गंगा सफल भएकी हुन् ।’
गंगाले कतै संगीत नसिकेको दिपेन्द्र बताउँछन् । यत्तिकै संगीतप्रतिको लगावले यहाँसम्म आइपुगेको उनले सुनाए ।
अहिले गंगा नेपाल आइडलको क्याम्पमा छिन् । उनका प्रशंसक, शुभचिन्तक अनि फ्यानहरु अहिले प्रचारमा पनि छन् । सपोर्टमा छन् ।

सिन्धुचेली गंगालाई शुभकामना

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित