भाइरल ड्राइभर सिन्धुचेली निर्जला : अपुरो पढाइपछि विदेश, लामो संघर्षपछि कुशल चालक

भाइरल ड्राइभर सिन्धुचेली निर्जला : अपुरो पढाइपछि विदेश, लामो संघर्षपछि कुशल चालक

फरक पत्रिका

सोमबार, जेष्ठ २० २०८२

भाइरल ड्राइभर सिन्धुचेली निर्जला : अपुरो पढाइपछि विदेश, लामो संघर्षपछि कुशल चालक

सिन्धुपाल्चोक । पछिल्लो सातादेखि सामाजिक सञ्जालमा छाएकी छन् सिन्धुपाल्चोक जुगल गाउँपालिका ७ की निर्जला तामाङ । यूट्युब, फेसबुकदेखि टिकटकसम्म उनका फोटा र भिडियो भाइरल भएका छन् । उनी भाइरल भएकी छन् ।

उनी त्यत्तिकै भाइरल भएकी हैनन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको मेहनत, हिम्मत, लगनशीलता अनि उनले गर्ने पेशालाई सम्मान गर्दै सामग्री बनाएपछि उनी सञ्जालमा छाएकी हुन् ।
उनी अहिले सार्वजनिक गाडी चलाउँछिन् अनि यात्रुहरुलाई गन्तव्यमा पुर्याउँछिन् । यही कारण हो अहिले वाहीवाहीको पात्र बनेकी हुन् ।

उनी अहिले काठमाडौंदेखि बनेपाको पनौतीसम्म चल्ने ३५ सिट भएको बस चलाउँछिन् । उनकै भनाइअनुसार उनले यो रुटमा गाडी चलाउन थालेको दुई महिना मात्रै बितेको छ ।
निर्जलाको माइती भने काभ्रे जिल्लाको कोशीपारी हो । अहिले उनी २५ वर्षकी छिन् । उनको विवाह सात वर्षअघि भयो एक ट्रिपर ड्राइभरसँग । विवाह मागी जस्तै अनि भागी जस्तै भएको उनी बताउँछिन् । उनकाअनुसार पहिला मागी भएको र पछि मन परेपछि सल्लाहमा भागेर विवाह गरिएको हो ।

विवाहपछि उनी घरमै रहिन् । महलिाको काम घरायसी काम भन्ने सोचेरै उनी घरमा बसेर काम गर्न थालिन् । श्रीमान ट्रिपर नै चलाउँथे ।

दिनहरु यसै बित्दै थिए । के सोचमा उनी वैदेशिक रोजगारका क्रममा मलेसिया पनि पुगिन् । उनले त्यहाँ दैनिक १६ घण्टासम्म काम गरेको अनुभव सुनाइन् । विदेशमा काम गाह्रो हुने, घर परिवारको सम्झना आउने र सानो काम बिग्रेमा धेरै गाली गाइने अनुभव उनले कुराकानीका क्रममा साट्न भ्याइन् ।

विदेशमा लामो समय बसिनन् । अनि नेपाल फर्किन् ।

सानैदेखि गाडी चलाउने सौख राखेकी निर्जला श्रीमान्सँगै हिँड्न थालिन् अनि ट्रिपर चलाउन सिक्न थालिन् । करिब ६ वर्ष अगाडि नै बस चलाउन सिकेको उनले बताइन् । ‘धेरै अगाडि ट्रिपर चलाउन सिकेको हो, सानोतिनो गाडीबाट सुरुआत गरेकी हैन,’ उनले भनिन्, ‘अहिले केही ग्याप भयो अनि फेरि गाडी चलाउन सुरु गरेकी हुँ ।’

अहिले चलाइरहेको गाडी निर्जला दम्पत्तिकै हो । श्रीमान् श्रीमान् आलोपालो गाडी चलाउने गर्छन् । श्रीमन्ले चलाउने बेलामा उनी कहिलेकाँही सहचालकको समेत काम गर्छिन् । श्रीमनकै कारण गाडी चलाउन सिकेको र उहाँले नै सिकाएको उनी बताउँछिन् । उनी आफूले ड्राइभर श्रीमान् पाएकोमा गर्व गर्छिन् ।

उनले एसएलसीसम्म अध्धयन गरेकी छन् । अरु काम गर्न क्षमताले नदिने र आफूले राम्रँे नपढेको हुँदा यो पेशा अंगालेको उनको भनाइ छ । ‘पेशा सिकेपछि आफ्नै खुट्टामा उभिन्छु भन्ने लाग्यो अनि मेहनत गरे । अहिले चालक बने ।’ उनी गर्वसाथ भन्छिन् ।

आमाबुबाले आफूलाई धेरै पढाउने र ठूलो मान्छे बनाउने भनेर देखेको सपना भने अहिले पूरा गर्न नसकेको उनी बताउँछिन् ।

 

यो सामग्री सामाजिक सञ्जालहरुको सहयोगमा तयार गरिएको हो । (सं)

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित