के मोहन बस्नेतसामू सिन्धुपाल्चोकका एमाले र माओवादी निरीह बनेकै हुन् ?

के मोहन बस्नेतसामू सिन्धुपाल्चोकका एमाले र माओवादी निरीह बनेकै हुन् ?

फरक पत्रिका

मंगलबार, जेष्ठ ७ २०८२

के मोहन बस्नेतसामू सिन्धुपाल्चोकका एमाले र माओवादी निरीह बनेकै हुन् ?

सिन्धुपाल्चोक । टेरामक्स प्रकरणमा सवा तीन अर्ब बढी भ्रष्टाचार आरोप लागेका सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट निर्वाचित भएका प्रतिनिधि सभा सदस्य मोहनबहादुर बस्नेतको सांसद पद निलम्बन भयो । त्यो सँगै उनी अहिले राष्टिय रुपमै चर्चित छन् ।
सांसद पदबाट निलम्बन भएपछि उनी झनै सिन्धुपाल्चोकमा चर्चाका पात्र बने । पद गएपनि उनी प्रमुख अतिथ बनेर सिन्धुपाल्चोकका विभिन्न कार्यक्रममा व्यस्त छन् । जसको एकातिर विरोध भइरहेको छ भने कांग्रेस कार्यकर्ता उनको बचाउमा लागेका छन् ।

जिल्लाको लिसंखुपाखर गाउँपालिकामा खानेपानी आयोजनाको सोमबार उनले उद्घाटन गरे भने ठोकर्पा स्वास्थ्य चौकीको मंगलबार उद्घाटन गरे । यी दुवै कार्यक्रमका लागि सिन्धुपाल्चोकका स्थानीय सरकार, एमाले र माओवादीले उनलाई रोक्न खोजे । तर, सकेनन् । अनि निलम्बित सांसद बस्नेतले दुवै ठाउँमा उद्घाटन गरेर आफ्नो शक्ति देखाए ।

लिसंखुपाखरका अध्यक्ष राजु लामाले विज्ञप्ति जारी गरेर बस्नेतले गर्ने उद्घाटन रोक्न खोजेका थिए । अध्यक्ष लामाले माओवादी केन्द्रबाट उम्मेदवार भई चुनाव जितेका हुन् । उनलाई साथ दिदैं नेकपा माओवादी केन्द्र लिसंखुपाखर गाउँपालिका समितिका इन्चार्ज पुर्णवहादुर तामाङ र अध्यक्ष होमलाल श्रेष्ठले पनि बिज्ञप्ति निकालेर भ्रष्टाचार मुद्धामा मुछिएको व्यक्तिले योजना उद्घाटन गर्नु गलत हुने भन्दै स्थानीय तहको सहमति, समन्वय र स्वीकृति विना त्यस्तो काम नगर्न आग्रह गरेका थिए ।
अझै सांसद माधव सापकोटाले पनि उद्घाटन रोक्न निकै चलखेल गरे तर सकेनन् । अन्तमा गाउापालिका अध्यक्ष लामाले फेसबुकमा लेखे लिसंखुपाखर गॅाउपालिकाको स्थानिय सरकारले सम्पन्न गरेको नारगॅाउ निगॅाले खानेपानी उद्घाटन गर्न लागेका निलम्बित माननीयलाई कालो झण्डा देखाउन हिंडेका वाईसियल र स्थानियलाई संयमित हुन र ब्याक हट्न नेकपा माओबादी केन्द्र का सांसद माननीय माधव सापकोटाको निर्देशन ।

यसबाट पुष्टि हुन्छ कि मोहन बस्नेतसामू माओवादी निरीह बन्यो ।

लिसंखुपाखरमा उनले टेरामक्स प्रकरणमा ३ अर्व २१ करोड बढी भ्रष्टाचार मुद्धा दायरपछि सांसद पदवाट निलम्वनमा परेका मोहनबहादुर बस्नेतले विरोधका बीच खानेपानी आयोजनाको उद्घाटन गरेका हुन् । नेकपा माओवादी केन्द्र र नेकपा एमालेको विरोधका वीच पनि बस्नेतले बलमिच्याईं गर्दै आयोजनाको उद्घाटन गरे ।
पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता बस्नेत अघिपछि कांग्रेस कार्यकर्ताको र्याली लिएर तामझाम सहित खानेपानी योजना उद्घाटनका लागि निगाले पुगेका थिए । मोटरसाइकल, गाडीको लावालस्कर र कार्यकर्ताको नाराबाजी सहित लिसंखुपाखर गाउँपालिकामा पुगेका बस्नेतले निगाले नारगाउँ खानेपानी उद्घाटन गरे ।
लिसंखुपाखर गाउँपालिकाले आइतवार विज्ञप्ति जारी गाउँपालिकाको जिम्मेवारी र क्षेत्राधिकारभित्र पर्ने खानेपानी योजना भ्रष्टाचारमा मुछिएका र अदालतमा मुद्धा खेपिरहेका व्यक्तिवात उद्घाटन गर्न उचित नहुने भन्दै असम्बन्धित व्यक्तिवाट योजनाको उद्घाटन नगर्न नगराउन सम्वन्धित पक्षलाई आग्रह गरेको थियो ।
गाउँपालिका अध्यक्ष राजु लामाले खानेपानी योजना संचालन, व्यवस्थापन र सम्वन्धित योजनाहरुको हस्तान्तरण स्थानीय तहको जिम्मेवारीमा पर्ने स्मरण गराउँदै पालिकाको सहमति र समन्वय विना असम्वन्धित व्यक्तिवाट खानेपानी योजना उद्घाटन गर्नु संबिधान, प्रचलित कानून र स्थानीय सरकारको स्वायत्तताको गम्भीर उल्लंघन हुने बताएका थिए ।

तर, कांग्रेस नेता बस्नेतले स्थानीय सरकारको निर्देशन र राजनीतिक दलको आग्रहलाई अवज्ञा गरी दलबल सहित शक्ति प्रदर्शन गरेर प्रमुख अतिथिको हैसियतले खानेपानीको उद्घाटन गरेका हुन् । निगाले नारगाउँ खानेपानी योजना निर्माणकालागि लिसंखुपाखर गाउँपालिकाको २०७९ पुस १९ गतेको कार्यपालिका वैठकको निर्णय अनुसार राष्ट्रिय योजना आयोगवाट विशेष अनुदान योजना अन्तर्गत बजेट परेको थियो । ठेक्का प्रक्रियावाट निर्माण भएको खानेपानी योजना गत वैशाख १८ गते सम्पन्न भएको थियो ।

बस्नेतले यति मात्रै गरेनन् । कार्यक्रममा माधव सापकोटा र माओवादीविरुद्ध धाराप्रवाह गाली पनि गरे । उनले बढीजसो माओवादी र १ नम्बर क्षेत्रबाट निर्वाचित सांसद माधव सापकोटाको आलोचनामा बढी समय खर्चिए । बस्नेतले यो पटक सासंद सापकोटालाई ‘लाहुरे’ उपमा दिन भ्याए ।
गाउँपालिकाले निकालेको विज्ञप्तिप्रति लक्षित गर्दे उनले सो विज्ञप्ति उनै लाहुरेको निर्देशनमा निकालेकोसमेत भन्न भ्याए । ‘माओवादीका छाउराहरूले धेरै फुर्ती नलगाए हुन्छ । तीन बिसौलीका माओवादीका बो..हरूलाई म आफैँ अघि बढेर ठिक पार्छु’, उनले भने । ‘मेरो दुवै पैतालामा रातो कोठी छ, म जहाँ(जहाँ टेक्छु, त्यो सबै मेरै हुन्छ र सिन्धुपाल्चोकमा पनि भएको छ ।’

गौशाला प्रहरी चौकीबाट लिसखुको अध्यक्ष लाई मैले निकालेको हो समेत उनले भन्न भ्याउँदा माओवादीका नेता तथा कार्यकर्ता अझै मौन छन् । उनीहरुको कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन । यसबाट पनि सहजै अनुमान लगाउन सकिन्छ कि बस्नेतसामू माओवादी निरीह छ ।

सुनकोशी गाउँपालिकामा पनि एमाले त्यसैगरी निरीह बन्यो बस्नेतको शक्ति सामू ।

सुनकोशी गाउँपालिकाको विज्ञप्तिलाई लत्याउँदै काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको ठोकर्पा स्वास्थ्य चौकीको उद्घाटन गरे । मंगलबार बस्नेतले सुनकोसी गाउँपालिका– २ मा नवनिर्मित ठोकर्पा स्वास्थ्य चौकीको उद्घाटन गरेका हुन् ।
बस्नेतबाट सो चौकीको उद्घाटन रोक्न गाउँपालिका अध्यक्ष टपेन्द्र तिमल्सिनाले आइतबार विज्ञप्ति नै जारी गरेका थिए । अध्यक्ष तिमल्सिनाले शनिवार बिज्ञप्ति जारी गरी भ्रष्टाचार मुद्धामा विशेष अदालतमा मुद्धा दर्ता भइसकेको र सांसद पदवाट समेत निलम्वित भएको अवस्थामा बस्नेतबाट भवन उद्घाटन नगर्न नगराउन भनेका थिए । अध्यक्ष तिमल्सिनाद्धारा जारी बिज्ञप्तिमा गाउँपालिकाको लिखित अनुमति विना कुनै पनि संघ÷संस्थाले उद्घाटन कार्य नगर्न नर्गन र कर्मचारी समेत उक्त कार्यक्रममा सहभागी नहुन निर्देशन दिएका थिए ।

मुद्दा लागेका बस्नेतलाई चौकी उद्घाटन गर्न नदिने र कसैले गराए कानुनी कारबाही गर्ने चेतावनी दिएका थिए । त्यसको बाबजुद काँग्रेसका सयौं नेता कार्यकर्ताको उपस्थितिमा बस्नेतले चौकी उद्घाटन गरेका हुन् । काठमाडौंदेखि नै नेता कार्यकर्ताको स्कर्टिङमा जिल्ला पुगेका बस्नेतलाई नेता कार्यकर्ताले बाजा गाजासहित भव्य स्वागत गरे ।

गाउँपालिकाको निर्देशन विपरीत सुनकोशी गाउँपालिका–२ नम्बर वडाका वडा अध्यक्ष पूर्णवहादुर महतले नेपाल सरकारका पूर्वमन्त्री मोहनवहादुर बस्नेतले भवन उद्घाटन गर्ने भनेर प्रचार गरेका थिए । महत कांग्रेसवाट निर्वाचित वडा अध्यक्ष हुन् । वडाअध्यक्षले त्यसरी प्रचर गर्दासमेत गाउँपालिका अध्यक्ष मौन रहे ।
सुनकोशी गाउँपालिकाको गत वैशाख २५ गते बसेको बैठकले ठोकर्पा स्वास्थ्य चौकी भवनको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलवाट उद्घाटन गर्ने मौखिक सहमति गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित