चौतारा । सिन्धुपाल्चोकको चौतारामा राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । चैत १५ देखि ६ दिनसम्म
तीन लाख राशि पुरस्कार भएको राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताको आयोजना तोप–११ चौतारा गर्नेछ । यो प्रथम चौतारा साँगाचोकगढी नगर कप राष्ट्रिय खुल्ला क्लब स्तरीय भलिवल प्रतियोगिता हो । प्रथम हुने टोलीले नगद तीन लाख रुपैयाँ सहित ट्रफि र मेडल पुरस्कार पाउनेछ । दोस्राे हुनेले एक लाख पचास हजार तथा तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ पाउनेछ ।
उत्कृष्ठ खेलाडीलाई २० हजार,उत्कृष्ठ स्पाइकरले १० हजार,उत्कृष्ठ सटरले १० हजार,उत्कृष्ठ ब्लकरलाई १० हजार तथा उत्कृष्ठ लिब्रोले १० हजार पाउने आयोजकले जनाएको छ । नेपाल भलिवलसंघ,जिल्ला भलिबल संघ सिन्धुपाल्चोक तथा जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकको प्राविधिक सहयोग तथा समन्वयमा प्रतियोगिता हुन लागेको हो ।