साफ महिला फुटबल :  नेपाल र माल्दिभ्स भिड्दै

साफ महिला फुटबल :  नेपाल र माल्दिभ्स भिड्दै

फरक पत्रिका

सोमबार, कार्तिक ५ २०८१

साफ महिला फुटबल :  नेपाल र माल्दिभ्स भिड्दै

काठमाडौं । साफ महिला च्याम्पियशिप फुटबलमा आज आयोजक नेपालले माल्दिभ्ससँग खेल्दैछ । समूह ‘बी’ को यो खेल बेलुकी साढे ५ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुरू हुनेछ ।

नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । साफ च्याम्पियनशिपकै इतिहासमा नेपालको यो पहिलो बराबरी हो । यसअघि साफको ६ संस्करणमा समूह चरणको सबै खेलमा नेपालले कम्तीमा १ गोल गरेको थियो । यस्तै माल्दिभ्स पहिलो खेलमा श्रीलङ्कासँग १–० गोलले पराजित भएको थियो ।

नेपाल र माल्दिभ्सको खेलअघि दिउँसो साढे १ बजो भुटान र श्रीलङ्का खेल्दैछन् । समूह ‘बी’ मा श्रीलङ्का ३ अङ्कसहित शीर्ष स्थानमा छ । नेपाल र भुटान १/१ अङ्कसहित दोस्रो र तेस्रो स्थानमा छ । माल्दिभ्स अङ्कविहीन हुँदै पुछारमा छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित