पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि

फरक पत्रिका

बुधबार, पौस २८ २०७८

पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ — पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । २७८ जना भने डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ । २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २ लाख १४ हजार ५७ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि हुनेमध्ये काठमाण्डौ उपत्यकामा एक हजार पाँच सय ३८ जना रहेका छन् । अहिले नेपालमा ११ हजार ६ सय ९० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएकाे छ । मंगलबार पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार ३३ परीक्षणमा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित