माघ १५ सम्म विद्यालय बन्द, २५ जनाभन्दा बढी भेला हुन नपाइने

माघ १५ सम्म विद्यालय बन्द, २५ जनाभन्दा बढी भेला हुन नपाइने

फरक पत्रिका

सोमबार, पौस २६ २०७८

माघ १५ सम्म विद्यालय बन्द, २५ जनाभन्दा बढी भेला हुन नपाइने

काठमाडौँ – कोरोना संक्रमण तीव्र रूपमा फैलिइरहेको अवस्थालाई मध्यनजर गर्दै गृह मन्त्रालयले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुनबाट रोक्ने निर्णय गरेको छ । सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै सार्वजनिक स्थलमा भीड हुने कार्यक्रम गर्नमा गृह मन्त्रालयले रोक लगाएको हो ।

‘सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गर्ने । अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने । अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरू आयोजना नगर्न, नगराउन आवश्यक व्यवस्था गर्ने,’ गृह मन्त्रालयको निर्णयमा भनिएको छ,’जिल्लाले आफ्ना जिल्ला र स्थानीय तहको अवस्थाको विश्लेषण गरी परिस्थितिजन्य लचकता वा कडाइ गर्नसमेत सक्ने ।’

सरकारले माघ ७ गतेबाट सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्न निर्देशन दिएको छ । गृहमन्त्रालयले सो निर्णय कार्यान्वयन गराउन सबै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको हो । कोरोना महामारी तीव्र रूपमा फैलिरहेको अवस्थामा कोभिड–१९ संकट व्यवस्थापन समन्वन्य केन्द्रको सिफारिसका आधारमा सो निर्णय लिइएको गृहले जनाएको छ ।

संक्रमण बढेपछि माघ १५ गतेसम्मलाई विद्यालय बन्द गरिएको छ । शिक्षा मन्त्रालयले सोमबार माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित