सिसिएमसीले सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय किन गर्‍यो?

सिसिएमसीले सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय किन गर्‍यो?

फरक पत्रिका

आइतबार, पौस २५ २०७८

सिसिएमसीले सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय किन गर्‍यो?

काठमाडौँ- सार्वजनिक स्थानमा २५ जना भन्दा बढी मानिस भेला हुन नपाउने गरी कोभिड-१९ व्यवस्थापन समन्वय केन्द्र सिसीएमसीले निर्णय गरेको छ । पछिल्लो समय मुलुकमा दिनप्रतिदिन कोभिड-१९ को संक्रमण बढ्न थालेपछि सिसिएमसीले यस्तो निर्णय गरेको हो ।

सार्वजनिक स्थानमा प्रवेश गर्नुपरेमा कोभिडविरद्धको खोप लगाएको कार्ड देखाउनु पर्ने छ । सार्वजनिक स्थानमा कडाइ सभा, सम्मेलनलाई प्रतिबन्ध लगाउन सिसिएमसीले निर्देशन दिएको सिसिएमसीले जनाएको छ ।

समन्वय केन्द्रकी प्रवक्ता एवम् सहसचिव सुनिता नेपालकाअनुसार कोभिडको बढ्दो दरलाई ख्याल गर्दै जाडो बिदालाई माघ १५ सम्म लैजाने गरी निर्णय भएको छ ।केन्द्रले विद्यालय बन्द गर्नका लागि जिल्ला प्रशासन कार्यलय, स्थानीय तह र प्रदेश सरकरालाई परिपत्र गर्ने भएको छ । बढी संक्रमित भएको क्षेत्रमा कोभिड नियन्त्रण गर्न कडाइ गर्ने उनले जानकारी दिइन् ।

स्मार्ट लकडाउनको कार्यविधि लागू गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको प्रवक्ता नेपालले बताइन् । ३ गतेबाट सार्वजनिक स्थानमा प्रवेश नपाउने गरी कार्यान्वयन हुने उनले जानकारी दिइन् ।

त्यसैगरी सार्वजनिक स्थानमा एन्टीजेन्ट परीक्षण गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । होल्डिङ सेन्टरलाई चालु अवस्थामा राख्‍न निर्देशन दिएको र बजेट व्यवस्थापन गर्न मन्त्रालययलाई अनुरोध गरिएको छ । त्यसको सम्पूर्ण व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।

भीडभाडलाई कम गर्ने गरी हवाई उडान तालिका परिवर्तन गर्न सरोकारवाला अनुरोध गर्ने पनि नेपालले बताइन् । विश्‍विद्यालयको परीक्षा तालिका सार्वजनिक भएकाले स्थगित नहुने र स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर परीक्षा गर्न अनुमति दिने उनले जानकारी दिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित