शहरी बिकास मन्त्रालयले सिन्धुपाल्चोकमा ३० ओटा घर बनाईदिने

शहरी बिकास मन्त्रालयले सिन्धुपाल्चोकमा ३० ओटा घर बनाईदिने

फरक पत्रिका

आइतबार, असार १० २०८१

शहरी बिकास मन्त्रालयले सिन्धुपाल्चोकमा ३० ओटा घर बनाईदिने

चौतारा ।
शहरी बिकास मन्त्रालयले जिल्लामा गरिवीको पहिचान गरी ३० ओटा घर निर्माण गरिदिने भएको छ । आर्थिक अवस्था कमजोर भइ घर निर्माण गर्न नसक्ने अवस्था स्थानीय नागरिक पहिचान गरी चारै प्रदेशमा घर बनाइदिन लागेको हो । यस अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा क र ख मा सात/सात ओटा, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ प्रदेश क मा ११ ओटा र प्रदेशसभा ख मा ५ ओटा घर बनाईदिने तयारी शहरी बिकास मन्त्रालयको तयारी छ । सम्वन्धित प्रदेशका साँसद घर छनौट समितिको अध्यक्ष रहने र आवश्यक सम्न्वय गर्ने माओवादी प्रदेश साँसद सरल सशयात्री पौडेलले जानकारी दिनुभयो । यसबारे आईतवार जिल्ला समन्वय समितिमा साँसदहरु अमृता नेपाल,सरल सहयात्री पौडेल, जिल्ला समन्वय प्रमुख बालकृण श्रेष्ठ,नापी कार्यालय प्रमुख गोपाल नारायण भुजेललगायत टोलीले छलफल समेत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित