आर्थिक प्रलोभनमा पारी नाबालिकालाई याैन क्रियाकलापमा लगाएपछि…

आर्थिक प्रलोभनमा पारी नाबालिकालाई याैन क्रियाकलापमा लगाएपछि…

फरक पत्रिका

बिहिबार, जेष्ठ १० २०८१

आर्थिक प्रलोभनमा पारी नाबालिकालाई याैन क्रियाकलापमा लगाएपछि…

काठमाडौं । नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा नुवाकोट ककनी गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-१६ बसन्तनगर बस्ने २९ वर्षीया रश्‍मी लामालाई प्रहरीले पक्राउ गरेको छ ।

लामाले प्रलोभन देखाई विभिन्न होटल तथा गेष्ट हाउसहरूमा नाबालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३२ नयाँ बानेश्‍वरबाट पक्राउ गरेको हो । साथै प्रहरीले पीडितलाई उद्दार समेत गरेको छ ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित