काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेलाई आईसीसी टी–२० विश्वकप खेल्न पठाउन पहल सुरू गरिएको छ । यसअघि अमेरिकाले भिसा नदिएपछि युवा तथ खेलकुद मन्त्रालयले पहल सुरू गरेको हाे।
मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई सन्दीपको भिसा उपलब्ध गराउन आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र पठाएको छ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्कासँगको कुराकानीमा यस्ताे पहल गरिएको हो ।
भिसाको लागि आफ्ने मन्त्रालयबाट गर्नुपर्ने सबै पहल गरेको बताए। परराष्ट्रले सन्दीपको भिसाको विषयमा काम कारबाही अगाडि बढाउनेछ। हिजो सन्दीपलाई अन्तर्वार्तामा बोलाएर अमेरिकी दूतावासले भिसा अस्वीकार गरेको थियो।