युवालाई व्यवसायमा प्रेरित गर्न चाैतारामा बरिस्ता तालिम

युवालाई व्यवसायमा प्रेरित गर्न चाैतारामा बरिस्ता तालिम

फरक पत्रिका

बुधबार, जेष्ठ २ २०८१

युवालाई व्यवसायमा प्रेरित गर्न चाैतारामा बरिस्ता तालिम

सिन्धुपाल्चोक । युवालाई सीप दिलाई आत्मनिर्भर बनाउन सिन्धुपाल्चोकको चाैतारामा बरिस्ता तालिम सुरू गरिएको छ । १५ दिनसम्म चल्ने तालिममा ४० युवायुवती सहभागी छन् ।
चाैतारा साँगाचोकगढी नगरपालिकाको सहयोगमा अरनिको कृषि तथा पशुपालन फर्मले तालिम प्रदान गरेको हो । युवालाई उत्पादन र राेजगारीको वातावरण सिर्जना गर्न तालिम गरिएको फर्मले जनाएको छ ।
तालिममा सहभागीहरूले कफिबारेसमेत जानकारी पाउनेछन् । कफीको बेर्ना तयार गर्नेदेखि विभिन्न किसिमका कफी बनाएर खानसम्म बनाउने योजनाका साथ तालिमको आयोजना गरिएको फर्मका व्यवस्थापक दीपेन्द्र घलेले जानकारी दिए । तालिमपछि सीप सिकेर आफैँ व्यवसायमा लाग्न सक्ने बनाउने उद्देश्य रहेको उनले बताए ।
तालिमको उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले सहभागीहरूलाई बरिस्ता तालिमबाट आफूलाई सफल व्यवसायी बन्न शुभकामना दिए । विदेशिने मान्यता छाडेर रोजगारीको वातावरण सिर्जना गरि व्यवसायमा लाग्न उनले प्रेरित गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित