ललिता निवास जग्गा प्रकरण : मुख्य अभियुक्त सुवेदी दम्पती पक्राउ

ललिता निवास जग्गा प्रकरण : मुख्य अभियुक्त सुवेदी दम्पती पक्राउ

फरक पत्रिका

बुधबार, पौस ७ २०७८

ललिता निवास जग्गा प्रकरण : मुख्य अभियुक्त सुवेदी दम्पती पक्राउ

काठमाडौँ –  बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका मुख्यअभियुक्त रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी पक्राउ परेका छन् । लामो समयदेखि फरार रहेका उनीहरूलाई हिजो मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो  (सीआईबी)ले काठमाडौँका छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए ।

माधवीलाई ताहाचल र रामकुमारलाई कमलादीबाट पक्राउ गरिएको महतोले जानकारी दिए । उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको थियो ।  यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित