काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रन जाेड्याे ।
नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध चौथो सफलता दिए । किसी कार्टी ३८ रन बनाएर रन आउट भए। अविनाश बोहराको बलमा आउट भएका उनले २६ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।
नेपालका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए का एलिक अथानाजलाई आउट गरेका थिए। उनी २५ बलमा ४७ रन बनाएर आउट भएका छन् । याे ईण्डिजको तेस्राे विकेट पतन भएको हो ।
यस अघि नेपालले रनआउटको रुपमा दोस्रो विकेट प्राप्त गरेको थियो भने कमल सिंह ऐरीले नेपाललाई पहिलो सफलता दिलाएका थिए ।
वेस्ट इन्डिज ए का जोन्सन चर्लेज शुन्यमा आउट भएका थिए भने आन्द्रे फ्लेचर १३ रन बनाएर आउट भएका छन् ।
यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले ७ ओभरमा ३ विकेट गुमाएर ८७ रन बनाएको छ ।