काठमाडौँको तापक्रम ३ डिग्री मुनि

काठमाडौँको तापक्रम ३ डिग्री मुनि

फरक पत्रिका

शनिबार, पौस ३ २०७८

काठमाडौँको तापक्रम ३ डिग्री मुनि

काठमाडौं – काठमाडौं उपत्यकाको तापक्रम २ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंको तापक्रम यस वर्षकै आजसम्मको कम मापन गरिएको छ ।

यसअघि शुक्रबार काठमाडौं उपत्यकाको तापक्रम ३.४ डिग्री सेल्सियस थियो । तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । काठमाडौं उपत्यकाको तापक्रम घट्ने क्रममा रहेको विभागका मौसमविद् प्रतिभा मान्नधरले बताइन् ।

अबको केही दिन तापक्रम घटबढ भइरहने बताइएको छ । मौसमविद्का अनुसार राति बदली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुला भए तापक्रम घट्ने हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित