पाँचपोखरी थाङपाल गाउँपालिकाको गाडी दुर्घटना, घाइते ६ मध्ये दुई गम्भीर

पाँचपोखरी थाङपाल गाउँपालिकाको गाडी दुर्घटना, घाइते ६ मध्ये दुई गम्भीर

फरक पत्रिका

शुक्रबार, बैशाख १४ २०८१

पाँचपोखरी थाङपाल गाउँपालिकाको गाडी दुर्घटना, घाइते ६ मध्ये दुई गम्भीर

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको गाडी दुर्घटना भएको छ । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेल, प्रशासकीय अधिकृत रामप्रसाद न्यौपानेलगायत कर्मचारी चढेको गाडी दुर्घटना भएको हो।
बा.१झ ६३०३ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट तल खस्दा ६ जना घाइते भएका हुन् ।

गाडी गाउँपालिकाबाट काठमाडौं जाँदै थियाे । गाडी टिपेनी बजारभन्दा ३० मिटर माथिबाट खस्दा दुईजना कर्मचारी सख्त घाइते भएका प्रहरी सहायक हवल्दार डाँसुराम पोखरेलले जानकारी दिए।

घाइते हुनेमा कुइँकेल र न्यौपानेसँगै कान्छा तामाङ, शारदा उप्रेती, सरिता गौतम र दीपाकुमारी धमला छन् । घाइतेहरुको स्थानीय पाँचपोखरी थाङपाल टिपेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । कार प्रमुख प्रशासकीय अधिकृत कुइँकेलले चलाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित