सिन्धुपाल्चोक । नेकपा (एमाले) सिन्धुपाल्चोकको अध्यक्षमा हाेमनारायण श्रेष्ठ विजयी भएका छन् । प्रत्यासी कमल नेपाललाई हराउँदै श्रेष्ठ विजयी बनेका हुन् ।
नयाँ नेतृत्वका लागि भएको मतदानमा कुल ७ सय १३ खसेकाे थियाे । चौताराको आहालडाँडामा मतदान प्रक्रिया सकिएपछि एमाले पार्टी कार्यालयमा मतगणना गरिएको निर्वाचन समितिका संयोजक शारदाप्रसाद सापकोटाले जानकारी दिए ।
नेपाल र श्रेष्ठले समूह बनाएर अध्यक्षमा उम्मेदवारी दिएका थिए।
नेपालको समूहबाट उपाध्यक्षमा अर्जुन भण्डारी र श्रेष्ठ समुुहबाट विष्णुमणी आचार्य चुनावी मैदानमा थिए । भण्डारी विजयी भए ।
त्यस्तेै सचिवमा कृष्णगोपाल तामाङले जित हासिल गरे । नेपाल समूहका उनले श्रेष्ठ समूहका यज्ञराज सापकोटालाई पराजित गरे।
त्यस्तै खुला उपसचिवमा शिवहरि सापकोटा र विजयकृष्ण श्रेष्ठले चुनावी स्पर्धा गरेका थिए । जसमा सापकाेटा विजयी भए ।
महिलातर्फ सुशीला पाख्रिन विजयी भईन् ।उनले शोभा कार्कीलाई हराईन्।
अधिवेशनले १०३ सदस्यीय कमिटी चयन गर्नेछ। त्यसमध्ये जनजाति खुलातर्फ दुई सदस्यमा उम्मेदवारी नै परेको छैन।विभिन्न क्लष्टरबाट ५६ जना सदस्य निर्विरोध चुनिइसकेका छन् भने पदाधिकारीसहित ४४ पदमा चुनाव भएको निर्वाचन समितिले जानकारी दिएको छ।
अधिवेशनमा सात सय ४७ जना प्रतिनिधि थिए।