सिन्धुपाल्चोक । नेकपा एमालेको १० औ जिल्ला अधिवेशन चलिरहेको छ । यसपालि अध्यक्ष पदमा होमनायण श्रेष्ठ र कमल नेपालले दाबी गरेका छन् ।
अधिवेशनले आगामी नयाँ नेतृतब चयन गर्दैछ । एमाले अधिवेशनमा अध्यक्ष ओली आउने प्रचार गरिएपनि झापा कार्यक्रममा व्यस्त भएकाले सहभागी भएनन् । झापामा अध्यक्ष ओलीले अधिवेशन सुरु पूर्व नै जिल्ला पदाधिकारी घोषणा गरेपछि तनावको अवस्था सिर्जना भएको छ ।
ओली उतै ब्यस्त भएका कारण सिन्धुपाल्चोक अधिवेशनमा सहभागी नहुने उनको सचिवालय स्रोतले जनाएको छ । अधिवेशनमा सहभागी हुन यसअघि वडाबाट छनौट भएका प्रतिनिधिहरु सहभागी भएका छन् ।
उद्घाटन समाराेहमा बिभिन्न जातजातिका संस्कृति र झाँकीसहहित एमाले कार्यकर्ता र प्रतिनिधि सदरमुकाम चौतारामा भेला भएका छन् । तर सहभागी प्रतिनिधिनीले अधिवेशन अस्तव्यस्त र अव्यबस्थित भनी आलोचना गरेका छन् । खाना र आवासको ब्यवस्था नगरेको भन्दै प्रतिनिधिीहरु आक्रोशित बनेका छन् ।